Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


चिकित्सकको नाम–फोटो व्यावसायिक विज्ञापनमा प्रयोग नगर्न मेडिकल काउन्सिलको कडा चेतावनी

काठमाडौं । कन्सल्टेन्सी तथा निजी व्यावसायिक संस्थाहरूले चिकित्सकको नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गरी व्यापारिक प्रचार–प्रसार बढाएका घटनापछि नेपाल मेडिकल काउन्सिलले कडा चेतावनी दिएकाे छ । काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य कानुन विपरीतमात्र नभई व्यावसायिक आचारसंहिताविरुद्ध रहेको उल्लेख गरिएको छ । काउन्सिलले चिकित्सकले कुनै पनि कन्सल्टेन्सी, क्यारेयर–गाइड सेवा, शैक्षिक एजेन्सी…