काठमाडौं, असार १४ । गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ७७ ओटै जिल्लामा विरोध प्रदर्शनस्थल तोकेको छ । गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार काठमाडौंमा खुलामञ्च, तीनकुने, पेप्सीकोला, सानोगौचरण, लैनचौर, स्वयम्भू भगवानपाउ र सिफलचौर गरी ७ स्थानमा प्रदर्शन गर्न पाइनेछ । ललितपुरमा च्यासलको खुलाचौर, गोदावरीको खुलामैदान, बज्रबाराही मन्दिरअगाडिको खुला ठाउँ, लुभुको ससपुचः मैदान र…