दीपक श्रेष्ठ काठमाडौं, कात्तिक २२ । मौलिक संस्कृति र परम्परा भएको नेवार समुदायले आज म्हःपूजा गर्दै छन् । नेवार समुदायमा प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष नेपाल सम्वतलाई स्वागत गर्दै म्हःपूजा गर्ने चलन छ । लिच्छविकालदेखि शुरु भएको म्हःपूजाको विषयमा थप अनुसन्धान भने आवश्यक छ । नेपाल भाषामा म्हः शब्दको अर्थ शरीर हो…