म्याग्दी, कात्तिक २१ । ऐतिहासिक तथा पुरातात्विक स्थल म्याग्दीको ज्यामरुककोट संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावना भएको ज्यामरुककोटको प्रचार हुन नसक्दा ओझेलमा परेको हो । सदरमुकाम बेनीबजारदेखि करिव एक घण्टाको पैदल दुरीमा पर्ने ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना छन् । ज्यामरुककोटको कोटडाँडोबाट…