काठमाडौं, फागुन ६ । हिन्दुहरुका आराध्यदेव पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा विशेष पूजा गरिएको छ । सोमबार काठमाडौंको पाशुपत क्षेत्रमा भगवान बुद्धको मूर्तिसहितको विशेषरुपमा बनाइएको चैत्यलाई परिक्रमा गराइ ‘टकिं जात्रा’ मनाइएको हो । पाशुपत क्षेत्रको परिक्रमापछि विशेषरुपमा बनाइएको चैत्यलाई पशुपतिनाथको शिवलिंगमा विराजमान गराइ बुद्धकारुपमा पूजा गरिएको थियो । सो अवसरमा शिवलिंगको दक्षिणमूर्ति अघोरमा सर्वसाधारणका लागि छायाँ दर्शनसमेत…