काठमाडौं, फागुन १० । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजलाई दलालहरुको हातमा जानबाट बचाउन त्यसका सन्चालकहरुले आग्रह गरेका छन् । सामाजिक संस्थाकारुपमा रहेको कलेजलाई सन्चालकभित्रकै केही व्यक्तिहरुले ‘माफिया’सँग मिलेर निजीकरण गर्न खोजेको दाबी उनीहरुले गरेका हुन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कलेजका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठलगायतका सन्चालकहरुले कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले जग्गा दलाल र शैक्षिक…