सिन्धुली, फागुन १३ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको रानीवास क्षेत्रमा सडक निर्माणमा विवाद देखिएको छ । मुआब्जा निर्धारण गर्ने प्राविधिक कर्मचारीले पक्षपात गरेको आरोप स्थानीयले लगाएपछि सरकारको राष्ट्रिय उच्च प्राथमिकतामा परेको सडक निर्माणमा विवाद भएको हो । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्डको मुआब्जा निर्धारण गर्ने प्राविधिक कर्मचारी राजदेव महतोले रानीवासको वयरवनी, सुनखानीलगायतका बस्तीका आवासको मुआब्जा कानुनबमोजिम कार्यान्वयन नगरी…