Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


गोली चलाएर विप्लब समूहका कार्यकर्ता पक्राउ, ‘पक्राउ पर्नेहरु बम हान्न सक्रिय’

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएर नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो । सोही क्रममा काभ्रेमा चन्द समूहले गतिविधि गरिरहेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोली हिजो साँझ काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु–२ काफलडाँडामा पुगेको थियो ।…