काठमाडौं, वैशाख १२ । सरकारले खुलामञ्च अतिक्रमणका दोषीहरुलाई कारबाही गर्ने दाबी गरेको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अघिकृत रुद्रसिंह तामाङले आफूले खुलामञ्चमा बस राख्नमात्र स्वीकृत दिएको भन्दै गैरकानुनीरुपमा अन्य संरचना बनाएको भए कारबाही गर्नुपर्ने बताए । सो अवसरमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही वैशाख…