शिवहरि भट्टराई (इमेज) राजविराज, भदौ १२ । सप्तकोसी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका करिब ३०० घर डुबानमा परेका छन् । सोमबार राति अचानक पानी पसेकाले वडा नम्बर–७ र १२ का ३०० घर डुबानमा परेका हुन् । वडा नम्बर–१२ स्थित लिलजा ठाकुर आधारभूत विद्यालयसमेत डुबानमा परेको छ । भारतीयपक्षले कोसी ब्यारेजभन्दामुनि ‘पाइलट च्यानल’ बनाएर…