काठमाडौं, भदौ १७ । कृष्ण जन्माअष्टमीको अवसरमा श्री भूँडे गणेश भजन मण्डलले काठमाडौंमा र्याली निकालेको छ । भूँडे गणेश धोबीचौरबाट शुरु भएको र्याली क्षेत्रपाटी, नरदेवी, गोल्फुपाखा हुँदै फेरि धोबीचौरमै पुगेर सकिएको थियो । हरेक बर्ष कृष्ण जन्माअष्टमीको अवसरमा श्री भूँडे गणेश भजन मण्डलले शान्ति कामना गर्दै र्याली निकाल्ने गरेको छ । .