काठमाडौं, वैशाख २४ । परराष्ट्रविद्हरुले भियतनाम र कम्बोडिया दक्षिण पूर्वी एसियाका उदाउँदा राष्ट्रहरु भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट नेपालले पनि सिक्नसक्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा परराष्ट्रविद् डा. शम्भुराम सिंखडाले दुवै देश द्वन्द्वबाट उठेर उदाउँदो अर्थतन्त्र बनेकाले नेपालले उनीहरुबाट लिनसक्ने फाइदाका सम्बन्धमा गृहकार्य गर्नुपर्ने धारणा राखे । यस्तै, अर्का परराष्ट्रविद् हिरण्यलाल…