बासुदेव बर्मा/ईमेज कपिलबस्तु । ईस्लाम धर्मावलम्वीहरुको महान पर्व इद उल फित्र देशभरका मनाई रहँदा कपिलवस्तुका मुस्लिम महिलाहरुले पनि नमाज पढेर धुमधामको साथ इद उल फित्र मनाएका छन् । इद उल फित्रको अवसरमा जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतका स्थानका मुस्लिम समुदायका महिला पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन्…