काठमाडौं, जेठ २३ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई बिहीबार जावलाखेल पुर्याइएको छ । थतिटोलबाट बाजागाजाका साथ रथ तानेर जावलाखेल लगिएको हो । लिच्छवि राजा नरेन्द्र देवको समयमा काठमाडौं उपत्यकामा खडेरी परेपछि तान्त्रिक आचार्य बन्धुदत्तको सल्लाहमा आसामको कामरुप कामाख्यबाट मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएको किम्बदन्ती रहेको छ । ललित नाम गरेका ज्यापुले मच्छिन्द्रनालाई कलसमा…