काठमाडौं, जेठ २४ । पश्चिममा विकास भएको न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कन्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कन्चनपुरमा विकसित भएको प्रणाली विस्तारै सर्दै शुक्रबार बिहान काठमाडौंसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ…