काठमाडौं, असार १२ । राष्ट्रिय मानवअधिकार आयोगले चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजना सरकारले पूर्णरुपमा कार्यान्वयन नगरेको बताएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा आयोगले कार्ययोजनामा १८ ओटा विषय समेटिएकामा अधिकांश कार्यान्वयन नभएको जनाएको हो । संक्रमणकालीन न्याय, मानवअधिकार आयोग, सर्वोच्च अदालतका निर्णय तथा फैसला कार्यान्वयन गर्नेलगातयका विषयहरु अझैपनि कार्यान्वयनमा नआएको कार्यक्रमका सहभागीहरुले बताए । द्वन्द्वपीडितहरुलाई क्षतिपूर्ति…