टेकराज अवस्थी डडेल्धुरा, असार २३ । खानेपानीको समस्या बढ्दै गएपछि डडेल्धुराको अजयमेरु गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ बसाइसराइको क्रम बढ्न थालेको छ । अजयमेरु गाउँपालिका वडा नं. ५ र ६ का अधिकांश गाउँ र बस्तीहरुमा खानेपानीको चरम अभाव छ । गाउँपालिकाअन्तर्गतका गाल मटेला भण्डारी…