काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको बताएकी छिन् । अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने उनले जानकारी दिइन । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेको एक सय वर्ष पुगेका अवसरमा राजधानी लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन…