२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आङ साङ सूची स्वेदश फिर्ता


0
Shares

काठमाडौं । एसिया प्यासिफिक सम्मेलनमा भाग लिन नेपाल आएकी म्यानन्मारको राज्य परिषद्की काउन्सिलर आङ साङ सूची आज स्वदेश फर्किएकी छन् ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई विदाई गरे ।

गत बिहिवार नेपाल आएकी सूचीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतसंग भेटवार्ता गरेकी थिइन ।

सूचीको भ्रमण कै क्रममा नेपाल र म्यानमारबीच व्यापार तथा लगानी सम्झौता भएको छ ।