Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


ओखलढुंगामा घर पुरिँदा आमा–छोरीको मृत्यु

ओखलढुंगा, असार २८ । पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–७, पात्ले, तालकोटमा शनिबार पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो । घरमा बसिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका…