
काठमाडौं, कात्तिक १६ । पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएकी छन् ।
शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन् ।
त्यसक्रममा उनको स्वागत गर्न बसेका सर्वसाधारणको भीड छिचोल्न स्वयंसेवकहरुलाई पनि हम्मे–हम्मे परेको थियो ।
शाहले नागपोखरीको परिक्रमा गरी सर्वसाधारणसँग भलाकुसारी पनि गरेकी थिइन् ।
त्यसक्रममा उनले छठ पर्वका अवसरमा दिएको सन्देश वाचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्