चितवन, पुस १३ । ट्रकको ठक्करबाट चितवनका सन्चारकर्मी प्रवीण पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्कुटीमा सवार रहेका पौडेललाई बिहान ११ बजेतिर रत्ननगरस्थित निपनीचोकमा एक मालवाहक ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारकाक्रममा भरतपुर अस्पतालमा दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेल ‘एपी वान’ टेलिभिजनका क्यामरा पर्सन थिए…