काठमाडौं, पुस ३० । शिक्षा मन्त्रालयले गत भदौ १६ गते गठन गरेको उच्चस्तरीय शिक्षा आयोगले मंगलबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । आयोगले मंगलबार राष्ट्रियसभागृहमा कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्बन्धी सुझाव पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको आयोगमा शिक्षाविद्, निजी विद्यालयका सन्चालक,…