नारायण ढुङ्गाना चन्द्रागिरि, माघ १० । उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो । नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने पर्यटकका लागि बुधबार मौसममा आएको परिवर्ततसँगै झण्डै तीन इन्चजति बाक्लो सेताम्मे हिउँले भुलायो । दुई साता…