२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आजदेखि सहिद सप्ताह सुरु


0
Shares

काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आजदेखि सहिद सप्ताह मनाइँदै छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउन लागिएको हो ।

विसं २०१२ देखि नै प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो ।

जहानियाँ राणा शासनको विरुद्वको आन्दोलनमा होमिदा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्व प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।

देशका लागि जीवन बलिदान गर्ने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।

सहिद दिवसमा पहिले सार्वजनिक विदा दिने गरिए पनि हाल सरकारले यो विदा कटौती गरेको छ ।