काठमाडौं, माघ १५ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनशनरत् डा. गोविन्द केसीको जीवन जोखिममा राखेर सरकार सुरक्षित हुन नसक्ने बताएका छन् । २१ दिनदेखि अनशनमा रहेका डा. केसीलाई भेट्न मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका श्रेष्ठले बहुमतप्राप्त सरकारले स्वविवेक प्रयोग गरेर डा. केसीले उठाएका मागको सम्बोधन गर्नुपर्नेमा जोड दिए । डा. केसीको जीवन नेपाली समाजका लागि…