काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले जम्मु–कस्मिर एकता दिवस मनाएको छ । एकता दिवसका अवसरमा पाकिस्तानी दूतावासले जम्मु–कस्मिर विवाद र क्षेत्रीय शान्ति विषयक कार्यक्रम गरेको हो । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत डाक्टर मजहर जाबेदले कस्मिर विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्नेमा जोड दिए । उनले क्षेत्रीय शान्तिका लागि पाकिस्तानले शान्ति चाहेको भन्दै पाकिस्तान क्षेत्रीय शान्तिको पक्षमै…