काठमाडौं, फागुन ६ । जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारकाक्रममा उनको निधन भएको हो । गत माघ १२ गते भट्टराई सवार ना१झ १६३३ नम्बरको स्कार्पियो जिप बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित पसाहा पुलनजिक सडकमा रोकिराखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटनामा परेको थियो…