काठमाडौं, फागुन ११ । गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् । बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर शनिबार उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरे । सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुःखद् भएको उल्लेख गर्दै घटनामा संलग्न…