नुवाकोट, फागुन २८ । नुवाकोटको विदुर नगरपालिका–५ च्वाँडीमा गएराति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने सामान्य घाइते भएका छन् । देवीघाटबाट विदुरतर्फ जादै गरेको बा६३प ५६३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो । विदुर नगरपालिका–९ लामाटारका १७ वर्षीय…