कञ्चनपुर । महाकाली यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले अढाई महिना बितिसक्दा पनि मोटरसाईकल तथा स्कुटरका लागि लिइएको लाइसेन्सको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छैन । कर्मचारीको लापरवाहीका कारण गत फागुन दोस्रो साता लिएको लिखित परीक्षाको नतिजा हालसम्म सार्वजनिक गर्न नसकेको हो । चालक अनुमति पत्रको लिखित परीक्षा पास भएपछि ९० दिनभित्र तीन पटकसम्म प्रयोगात्मक परीक्षा दिन…