धादिङ, जेठ ५ । धादिङको मलेखुमा उद्योगमा जाने बाटो निर्माणका लागि गिटी निकालको खाल्डोमा डुबेर मृत्यु भएका बालकका आफन्तले आइतबार शव बुझेका छन् । बेनिघाट रोराङ गाउँपालिकाले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र निर्माणाधीन सिमेन्ट उद्योगमा रोजगारीका लागि समन्वय गर्ने सहमति भएपछि परिवारले शव बुझेका हुन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–२ स्थित ताल्तीमा…