-कृष्णराज गौतम(रासस) काठमाडौँ । धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माग गरेका छन् । हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली दिइरहेको पाइन्छ…