काठमाडौं, जेठ २७ । विश्वव्यापी मुद्दालाई स्थानीय प्रयासबाट पनि सम्बोधन गरिनुपर्ने भन्दै काठमाडौंमा सोमबारदेखि दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको छ । सम्मेलनमा विपद् व्यवस्थापन, ऊर्जा र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा स्थानीय तहको भूमिकालाई कसरी प्रभावकारी बनाउनेबारे छलफल भइरहेको छ । भूकम्पपछिको विपद् व्यवस्थापनमा नेपालले गरेको प्रगतिकाबारे पनि सहभागीहरुले चर्चा गर्दैछन् । सम्मेलनमा नेपाल, भारत,…