काठमाडौं, असार ७ । योग दिवसका अवसरमा काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा शनिबार योग साधना आयोजना गरिएको छ । अनुपम योग साधना केन्द्रको आयोजनामा गरिएको साधनामा योग गुरुहरुबाट योगको महत्व र विभिन्न विधिसम्बन्धी जानकारी गराइएको थियो । कार्यक्रममा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले योगको महत्व बढ्दै गएको र स्वस्थ मन र शरीरका लागि योग आवश्यक रहेको बताए ।