काठमाडौं । परोपकारी युवा सन्जाल नेपालले मंडनदेउपुर–६ कोदारी काभ्रेमा अवस्थित भीमसेन प्राथमिक विद्यालयमा अध्यनरत बिपन्न दनुवार समुदायका बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको छ । प्यारागन फाउन्डेसन गौशलाको सहयोगमा विद्यालयका ५३ विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेल सामग्री बितरण गरिएको परोपकारी युवा संजाल नेपाले बताए । विद्यार्थीलाई स्कुल ब्याग–५३ थान कपी– ३८ दर्जन पेन्सिल, इरेजर, पेन्सिल कटर,…