काठमाडौं, असार १२ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप तीनजनालाई बयानका लागि बोलाएको छ । आयोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगद्वारा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित हुपेन्द्रमणि केसीलाई बयानका लागि बोलाएको हो । उनीहरुलाई सात दिनभित्र बयानका लागि उपस्थित हुन भनिएको छ । आयोगले बुधबारमात्र सार्वजनिक सूचना प्रकाशित…