काठमाडौं, असार १४ । काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२, सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्यान्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो । झडपकाक्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् ।…