खोटाङ, जेठ १३ । पश्चिम रुकुममा भएको घटनाको विरोधस्वरुप दिक्तेल बजारमा शुक्रबार नारा–जुलुससहित साङ्केतिक हतियार प्रदर्शन गरिएको छ । आफ्नो प्रेमिका लिन पश्चिम रुकुम पुगेका जाजरकोटस्थित भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विश्वकर्मासहित छ जनाको हत्याको विरोधमा प्रदर्शन गरिएको हो । यही जेठ १० गते सामूहिक हत्या गरिएको विरोधमा जिल्लामा गठित संयुक्त सङ्घर्ष समितिले एकोहोरो…