बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ ३० । सरकारविरुद्ध शुक्रबार धनगढीमा प्रदर्शन गरिएको छ ।
कोरोनाभाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन् ।
‘सरकार कि त जाग कि त भाग’, ‘सासंदको भत्ता पाक्ने, नागरिकको भात नपाक्ने’लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।
‘आरडीटी’ बन्द गरेर कोरोना परीक्षण ‘पीसीआर’ विधिबाटमात्र गर्नुपर्ने, ‘क्वारेन्टिन’ व्यवस्थित बनाउनुपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्नेलगायतको माग राख्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्