काभ्रे, साउन ३० । जनैपूर्णिमाको अवसरमा काभ्रेको धार्मिक तीर्थस्थल गोसाइँस्थानमा मेला लागेको छ । बनेपा नगरपालिका–६ मा रहेको ऐतिहासिक तीर्थस्थलमा बिहीबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । काभ्रेलगायत आसपासका विभिन्न जिल्लाबाटसमेत भक्तजनहरु दर्शन गर्न पुगेका छन् । भगवान शिव हिमालय पर्वतमा जाँदा टेकेको एक पाइला यसै स्थानमा परेको जनविश्वासका आधारमा भक्तजन यहाँ पुग्ने गर्दछन् ।…