
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहमा स्यानेटरी प्याड भेन्डिङ (एटिएम) मेसिन जडान कार्य सुरु गरेको छ ।
छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय छोड्नु पर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले नगरभित्रका २४ वटा सामुदायिक विद्यालयमा स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको हो ।
किशोरीहरुको पढाई र सुरक्षालाई मध्यनजर गर्दै नगरभित्रका विद्यालयमा स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।
उनले नगरभित्रका सबै सामुदायिक विद्यालय र नगर स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सरकारी कार्यालयमा समेत मेसिन जडान गरिने बताए ।
यता, मेसिन जडान भएपछि छात्राहरु खुशी भएका छन् । स्यानेटरी प्याड सहितको मेसिन जडानका लागि बेदकोट नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ
स्यानिटरी प्याड भेन्डिङ मेसिन जडानपछि विद्यालयलाई मास्टर कार्ड दिइएको छ ।
मास्टर कार्ड मेसिन भित्र हालेपछि स्यानिटरी प्याड बाहिर निस्कने व्यवस्था गरिएको छ । प्याड चाहिएमा विद्यार्थीले निशुल्क प्राप्त गर्न सक्नेछन् । प्याडको सबै खर्च नगरपालिकाले नै गरेको छ ।
प्रतिक्रिया दिनुहोस्