डडेल्धुरा, कात्तिक २५ । डडेल्धुरामा अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजाने सरकारी प्रयास सोमबार असफल भएको छ । केसीको मागप्रति सरकारी धारणा आउनुपर्ने आवाज उठेपछि उनलाई लिन डडेल्धुरा आएको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ । काठमाडौंबाट सरकारको कुनैपनि प्रतिनिधि नआएको र मागप्रति कुनै सुनुवाइ नगरेको भन्दै डा. केसीले डडेल्धुरा नछाड्ने अडान लिएका हुन् ।…