Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन


0
Shares

पोखरा । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ ।

दशाौ संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो ।

उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ सुकबहादुर गुरुङ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सांस्कृतिक व्यवस्थापनमा राजु श्रेष्ठ, सचिवालय व्यवस्थापनमा लोकबहादुर थापा, प्रचारप्रसारमा शान्तबहादुर थापा, अर्थ तथा कक्ष व्यवस्थापनमा गणेश तिमिल्सिना छन् ।

महोत्सवको सल्लाहकारमा विश्वप्रकाश लामिछाने, सेती थापा, रमेशबहादुर कार्की, लीलाधर अधिकारी, पोखरा महानगरपालिकाअन्तर्गत वडा नं १० का अध्यक्ष राजकुमार गुरुङ, ११ का अध्यक्ष मोहन बाँस्तोला, १३ का अध्यक्ष दर्शन लामा, १४ का अध्यक्ष प्रेमबहादुर कार्की, १५ का अध्यक्ष प्रकाश पौडेल, २४ का अध्यक्ष ओम सुवेदी, वडा नं ३१ का अध्यक्ष कमलबहादुर थापा छन् ।

क्लबको सक्रियतामा हुने महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना, सेती नदी संरक्षणलगायतका सामाजिक कार्यमा सहयोग गरिँदै आइएको छ । रासस ।