कपिलवस्तु, असोज ९ । कपिलवस्तुमा नेपाल विद्युत् प्राधिकरणको जीप खोलाले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको शव शुक्रबार फेलापरेको छ । कपिलवस्तुको बनगाइडोहोटे सडकखन्डअन्तर्गत् कोइलीखोलास्थित कजवे पुलमा विद्युत् वितरण केन्द्र फ्यूज सेवा गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप गएको बुधबार खोलाले बगाएको थियो । जीप खोलाले बगाउँदा दुईजनाको शव त्यही दिन फेलापरेपनि पौडेलको…