दाउन्नेमा पहिरो,एकको मृत्यु • Image Khabar Image Khabar


दाउन्नेमा पहिरो,एकको मृत्यु


Imagekhabar
९ आश्विन २०७७, शुक्रबार ०८:५७

दाउन्नेमा पहिरो,एकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते भएका छन् ।

गए राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना. ५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिनुभयो ।

माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका–२५ वर्षीय हरिषचन्द केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको बताइएको छ ।

घाइतेमध्ये ४ जनाको भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि आज बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्