वन तथा वातावरण सम्बन्धि जानकारी दिन स्कुल शिक्षा कार्यक्रम प्रकाशन • Image Khabar Image Khabar


वन तथा वातावरण सम्बन्धि जानकारी दिन स्कुल शिक्षा कार्यक्रम प्रकाशन


Imagekhabar
९ आश्विन २०७७, शुक्रबार ०९:४०

वन तथा वातावरण सम्बन्धि जानकारी दिन स्कुल शिक्षा कार्यक्रम प्रकाशन

डडेल्धुरा । डिभिजन वन कार्यालय डडेल्धुराले वन तथा वातावरण सम्बन्धि जानकारी दिन स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशनमा ल्याएको छ ।

कक्षा ८ देखि कक्षा १२ सम्मका बालबालिकालाई लक्षित गरी कार्यालयले राष्ट्रिय निकुञ्ज, भू–संरक्षण, जलवायु परिवर्तन, वातावरण दिवस, जैविक विविधता, वन विज्ञान उच्च तह पाठ्यक्रम सामग्री, इको क्लब, हाइकिङ, ट्रेकिङ लगायतका वन र वातावरण सम्बन्धि जानकारी गराउन विद्यालय तहका विद्यार्थीहरुलाई स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको हो ।

पुस्तकको डिजिटल संस्करण जिल्लाका सरोकारवालालाई उपलब्ध गराई सकेको छ भने जिल्लाका सात वटै स्थानीय तहहरुको माग अनुसार करिब चार हजार प्रति पुस्तक प्रकाशन गरी दुई नगरपालिका र पाँच गाउँपालिकामा वितरण गरिने डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्