दाङ, कात्तिक २४ । भारतसँग सीमा जोडिएको दाङको कोइलाबास नाका क्षेत्रका जनताले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । नागरिकता नपाएका कारण गढवा गाउँपालिका–८ का जनता समस्यामा परेका छन् । नेपालमा बसेका केही नेपालीले मात्र होइन, भारतीय नागरिकलेसमेत दुई देशबाट नागरिकता पाउने गरेका समाचारहरु आउने गरेका छन् । तर, नेपालको भारतसँग सीमा जोडिएको दाङको कोइलाबास नाका…