चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोवास गर्नेहरुको समस्या सधैं उस्तै छन् । दैनिक काम गर्दागर्दै मानविय क्षति हुन स्वभाविक जस्तै भएपनि परिवारका सदस्य गुमाइरहनु पर्ने उनीहरुको पीडा उस्तै छ । तर पनि यो पीडालाई भुलेरै वन्यजन्तु संरक्षणमा उनीहरु अहोरात्र खटिइ रहेका छन् । रत्ननगर नगरपालिकाको बद्रेनी मध्यवर्तीको नजिक छ । शान्तिमाया तामाङको घर…