काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ केही दिन देखि अस्वस्थ हुनुहुन्थ्यो । घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उहाँ…